आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस अछामको सभापतिमा शाह विजयी

सोमबार, २३ फागुन २०७८, १९ : १७
सोमबार, २३ फागुन २०७८

नेपाली काँग्रेस अछामको सभापतिका लागि भएको निर्वाचनको दोस्रो चरणको अन्तिम नतिजा सार्वजनिक भएको छ । कुल १ हजार ४ सय ९७ मत गणना हुँदा सभापतिका उम्मेदवार पुष्प शाहले ७ सय ७९ मत ल्याएर विजयी भएका छन् । प्रतिस्पर्धी निवर्तमान सभापति भरत कुमार स्वारले ७ सय ११ मत प्राप्त गरेका छन् भने  ७ मत बदर भएका छन् ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेकाले सभापतिका लागि आज बिहान ८ बजेबाट मतदान भएको थियो । दिउँसो ४ बजे मतदान सम्पन्न भएर ५ बजेबाट मतगणना सुरू गरिएको थियो । न्युज कारखाना
    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप