हत्या अभियोगमा एक जना पक्राउ
सोमबार, २३ फागुन २०७८, २१ : ४२
प्रहरीले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सिरहाका १८ वर्षीय रमेश महराको हत्या गरेको अभियोगमा सोही जिल्लाका ४० वर्षीय मनोज कुमार भुजेललाई पक्राउ गरेको हो ।
भुजेलले शनिबार आपसी विवादका कारण महराको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला अदालत सिरहाबाट कर्तब्य ज्यान मुद्दामा सात दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता सुवास बुढाथोकीले प्रहरीले जनाकारी दिए ।