आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रेमीबाट हिंसाको सिकार भए यी ५ अभिनेत्री

मङ्गलबार, २४ फागुन २०७८, १३ : ५०
मङ्गलबार, २४ फागुन २०७८

 

फिल्म उद्योगका अभिनेत्रीहरूले बर्षेनी विभिन्न खालका हिंसाको सिकार हुनु परिरहेको छ । फिल्म अभिनयमा मात्र होइन, उनीहरु प्रेमी र श्रीमान्बाट समेत हिंसाको सिकार भएको देख्न समाचार मिडियामा छाउने गरेको छ । आज महिला दिवसमा हामी बलिउडका ति ५ अभिनेत्रीको चर्चा गर्दैछौ । जो प्रेमी र श्रीमान्बाट हिंसाको सिकार भएको थिए ।  

जीनत अमान :

पुरानो जमानाकी अभिनेत्री जीनत अमानका पहिलो श्रीमान् सञ्जय खान थिए । सञ्जयले जीनतलाई बङ्गारा भाँच्चिने गरेर कुटपिट गरेका थिए । उनको आँखामा गहिरो चोटसमेत लागेको थियो । उनी दोस्रो श्रीमानबाट समेत हिंसाको सिकार भएकी थिइन् ।

ऐश्वर्या राय (बच्चन) :

 ऐश्वर्या राय (बच्चन) र सलमान खान एक समय प्रेममा थिए । यी दुईबीच कयौँ पटक झगडा भएको थियो । दुबैको प्रेमले चर्चा समेत पायो र छिट्टै प्रेमसमेत टुट्यो ।  ऐश्वर्याले सलमानलाई कुटपिट र गाली–गलौजको आरोपसमेत लगाएकी थिइन् ।

श्वेता तिवारी :

 अभिनेत्री श्वेता तिवारीलाई उनको श्रीमान् राज चौधरीले निक्कै हिंसा गरेका थिए । राजले नसामा चुर भएर  कयौ पटक हिंसा गरेको श्वेता बताउँछिन् । सन्  १९९८ मा विवाह भएका यो जोडीको सन् २०१२ मा विवाह टुटेको थियो । त्यसपछि श्वेताले अभिनव कोहलीसँग विवाह गरेकी थिइन् । यो सम्बन्ध पनि कुटपिटको कारणले छुटेको थियो ।

युक्ता मुखी :

 पूर्व मिस वल्र्ड युक्ताले विवाहको ५ वर्षपछि श्रीमानविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । उनले श्रीमानलाई दाइजो मागेको र अप्राकृतिक यौन सम्बन्ध स्थापित गरेको आरोप लगाएकी थिइन् ।

करिश्मा कपुर :

अभिनेत्री करिश्मा कपुरले व्यवसायी संजय कपुरसँग विवाह गरेकी हुन् । सन् २०१४*  मा यी दुईको डिभोर्स भयो । करिश्माले संजयलाई घरेलु हिंसाको आरोप लगाएकी थिइन् । 

*यसअघि अन्यथा भएकोमा सच्याइएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप