बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सरकारद्वारा डेंगुको निःशुल्क पीसीआर परीक्षण सुरु, डेंगुबाट कसरी बच्ने ?

बुधबार, २५ फागुन २०७८, १५ : ०९
बुधबार, २५ फागुन २०७८

सरकारले जिका, चिकनगुनिया र डेंगु भाइरसको निःशुल्क पीसीआर परीक्षण गर्न सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट निःशुल्क पीसीआर परीक्षण सुरु गरिएको जनाएको छ ।​ जिका, चिकनगुनिया र डेंगु भाइरसबाट बच्नका लागि परीक्षण गराउन अतिआवश्यक पर्ने मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

 डा. अधिकारीले लक्षण देखिएका व्यक्तिले अनिवार्य रुपमा परीक्षण गराउन उनले आग्रह गरे । जिका, चिकनगुनिया र डेंगु अर्थात तीन वटै रोग लामखुट्टे टोकाइबाट लाग्ने भएकाले लक्षण देखिएका सबैले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गई निःशुल्क रुपमा परीक्षण गर्न सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यी तीनवटै रोग लाग्दा शरीरमा यस्ता लक्षण देखा पर्छ

एक्कासी ज्वरो आउने

 –थकाइ महसुस हुने

 –अत्यधिक जोर्नी दुख्ने

 –(विशेष गरी हात र खुट्टाको जोर्नी दुख्ने

 –वाकवाकी लाग्ने वा बान्ता हुने

 –टाउको, मांसपेशी तथा जोर्नी दुख्ने   

बच्ने उपाय

डेंगी, जिका भाइरस र चिकुनगुन्या संक्रमणबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु एकदमै आवश्यक छ । त्यसैले लामखुट्टेको टोकाइबाट बच्न र लामखुट्टे नियन्त्रण गर्न निम्न उपाए अपनाउनुपर्छ ।

–दिउँसो सुत्दा पनि झुल टाँगेर सुत्ने ।

–घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।

– सकेसम्म जति बेला पनि लामो बाहुला भएका लुगा लगाउने ।

– लामखुट्टे भगाउने धूप वा मलहमको प्रयोग गर्ने ।

लामखुट्टेकोे वद्धि विकास रोक्ने उपाय

–घर वरिपरि, कार्यालय, विद्यालयमा टायर, खुला भाँडा आदिमा पानी जम्मा हुन नदिने ।

–पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने ।

–गमलाको प्लेट, फूलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने  ।

मन्त्रालयका अनुसार जिका भाइरसको संक्रमण यौन सम्पर्कबाट पनि सर्ने भएकाले सुरक्षित यौन सम्पर्क राख्नुपर्छ । यस्तै, गर्भवती महिलाको विशेष ख्याल गर्न मन्त्रालयले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप