आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा सवारीसाधन दुर्घटनामा वृद्धि

बुधबार, २५ फागुन २०७८, १६ : ३५
बुधबार, २५ फागुन २०७८

चालु आर्थिक वर्षको पहिलो सात महिनामा सुदूरपश्चिम प्रदेशमा ३२७ सवारीसाधन दुर्घटनामा परेका छन् । दुर्घटनामा ८६ पुरुष, १९ महिला र आठ बालबालिका गरी कुल ११३ जनाले ज्यान गुमाएका छन् । 

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया, कैलालीका अनुसार दुर्घटनामा १८३ पुरुष, ३४ महिला र २५ बालबालिका गरी कुल २४४ जना गम्भीर घाइते तथा २७८ पुरुष, ६६ महिला र २५ बालबालिका गरी कुल ३६९ जना समान्य घाइते भएका छन् । यस्तै दुर्घटनामा परेर प्रदेशभर २७ चौपायाको मृत्यु र सात घाइते भएका छन् । 

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले दुर्घटनाका प्रमुख कारण तीव्रगति, ओभरटेक, चालक निदाउँदा, मोबाइलको प्रयोग र मापसे रहेको जानकारी दिए । यस्तै पुरानो गाडी, ब्रेक नलाग्ने, टायर पन्चर, यान्त्रिक गडिबडीका कारण पनि दुर्घटना बढेको बताइएको छ । 

यसैगरी सवारी साधनमा झुन्डिएर यात्रा गर्ने, छतमा यात्रा गर्ने, शरीर बाहिर निकाल्ने र जथाभावी बाटो काटने तथा क्षमता भन्दा बढी यात्रु बोक्ने गरेका कारण पनि दुर्घटना बढेको उनको भनाइ छ । सडकमा देखिएको खाल्टाखुल्टी, घुम्तीमोड, उकाला,ओरालो, जीर्ण कच्ची सडकका कारण पनि दुर्घटना हुने गरेको चालक बताउँछन् । 

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले नियमित चेकसँगै जनचेतनामूलक सन्देश दिँदै आइरहेको भएपनि दुर्घटनामा कमि ल्याउन नसकेको प्रहरी निरीक्षक सिंहको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप