बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

धुम्रपानसँग जोडिएका यी ६ भ्रममाथि विश्वास गर्नु तपाईंको स्वास्थ्यका लागि खतरनाक

बुधबार, २५ फागुन २०७८, १६ : ३६
बुधबार, २५ फागुन २०७८

मानिसलाई धुम्रपानको लत छोड्नका लागि प्रेरित गर्नु नै ‘नो स्मोकिङ डे’ को लक्ष्य हो । प्रत्येक वर्ष मार्च महिनाको दोस्रो बुधबार विश्वका विभिन्न देशमा यो दिन मनाइन्छ । यस वर्ष यो ९ मार्चमा अर्थात् आजको दिन मनाइँदैछ । आज यहाँ तपाईंलाई धुम्रपानसँग जोडिएको केही यस्ता भ्रमबारे जानकारी दिँदैछौँ जसले तपाईंलाई यो लतमा फसाइराख्न सक्छ ।

१.धुम्रपान छोड्नाले तौल बढ्न सक्छ :

धुुम्रपानको लतबाट छुटकारा पाएपछि तौल बढ्न सक्छ । तर यसलाई निकै सजिलै घटाउन सकिन्छ । अमेरिकाको नेशनल इन्सटिच्यूट अफ हेल्थका अनुसार धुम्रपान छोडेपछि मानिसको औसत २ देखि ४ किलो वजन बढ्न सक्छ । जुन धुम्रपानले गर्ने हानीको अगाडि केही पनि होइन ।

२. धुम्रपान छोड्नाले डिप्रेशन हुन सक्छ :

यो पूर्ण रुपमा गलत हो । वास्तविकता यसको ठिक विपरित छ । जो मानिस डिप्रेशन रोगको शिकार हुुन्छन्, पछि उनीहरुलाई नै धुुम्रपानको लत लाग्छ । अमेरिकी डा. गार्डनरका अनुसार जो मानिस डिप्रेशनबाट पीडित हुन्छन् र धुुम्रपान गर्न छोड्छन्, उनीहरुमा डिप्रेशनको लक्षण धेरै देखिन्छ । यद्यपि, औषधी र काउन्सिलिङको  माध्यमबाट यसबाट छुटकारा पाउन सकिन्छ ।

३.धुम्रपान नगर्नाले तपाईंको साथीहरु टाढिन्छन्ः

धुम्रपान गर्ने मानिसलाई लाग्छ कि यो बानी छुटाउँदा धुम्रपान गर्ने उनीहरुका अन्य साथी टाढा हुन्छन् । यस्तो पक्कै पनि होइन । तपाईंले धुम्रपान नगर्द यसले तपाईंका अन्य साथीहरुलाई प्रेरित बनाइरहेको हुनसक्छ ।

४.धुम्रपान नगर्नाले तपाईं बिरामी हुन सक्नुहुन्छः

केही मानिसलाई यो डर लाग्छ कि धुम्रपान छोड्दा उनीहरुलाई  खोकी, चिसो , ज्वरो जस्ता लक्षण देखा पर्न सक्छन् । यो छोटो अवधिको साइड इफेक्ट मात्रै हो । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार धुम्रपानका कारण विश्वभरी प्रत्येक वर्ष ७० लाख मानिसको मृत्यु हुन्छ । त्यसैले यो बानी छोडेर यदि केही दिनका लागि बिरामी हुनुभयो भने पनि मृत्युको खतराबाट बाहिर भने पक्कै निस्कनु हुनेछ  ।

५.धुम्रपान छोड्नाले सिर्जनशीलतामा कमी आउछः

केही मानिसका अनुसार धुम्रपानले उनीहरुको दिमागमा नयाँ–नयाँ सिर्जनशीलता ल्याउँछ । तर यस्तो होइन । जबकी धुम्रपान छोड्नाले काम हुँदाहुँदै पनि बीचमा छोडेर  धुम्रपान गर्न जानु पर्दैन ।

६.धुम्रपानको लत छुटाउन ढिलो भइसकेको छः

 जब चराले खेतको बाली खाइसकेको छ भने पछुताएर के गर्ने ? चुरोट पिउनेहरु यो  भनाइलाई लिएर धुम्रपानबाट छुटकारा पाउने उपायतर्फ जाँदैनन् ।   उनीहरु धुम्रपानबाट छुटकारा त पाउन चाहन्छन् तर उनीहरुको शरीरमा जति क्षति हुनु थियो, त्यो भइसकेको ठान्छन् । मुटुमा दबाब, फोक्सोको रोगी, ब्रोङकाइटिस जस्ता शारीरिक समस्या धुम्रपान गरिरहेका बेला नै हुनेगर्छ । त्यसैले धुम्रपान छोड्नका लागि कहिले पनि ढिलो हुँदैन  । साथै तपाई यदि पहिलेदेखिनै कुनै प्रकारको रोगबाट ग्रसित हुनुहुन्छ भने धुम्रपान छोड्नाले तपाईंलाई फाइदासमेत हुन्छ । तपाईंले धुम्रपान छोडेपछि मात्रै यो कुरा महसुस हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप