आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्थानीय तह निर्वाचनको तयारीमा लाग्न केन्द्रीय सदस्यहरुलाई नेपालको निर्देशन

बुधबार, २५ फागुन २०७८, १९ : ५६
बुधबार, २५ फागुन २०७८

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केन्द्री कमिटीका सदस्यलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन् । बुधबार बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले केन्द्रीय कमिटीका सदस्यलाई स्थानीय तहको निर्वाचनमा उत्साहका साथ लाग्न निर्देशन दिएका हुन् ।

बैठकमा सम्मानित नेता झलनाथ खनालले  पार्टी पक्ति एकतावद्ध भएर पार्टीलाई अगाडि बढाउनु पर्ने बताए । एकीकृत समाजवादीको तेस्रो केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल भएको छ । उनको प्रतिवेदनमाथि नौ समूह छलफल भएको छ । समूहको निष्कर्ष बिहीबार आउने र अध्यक्षले जवाफ दिएपछि प्रतिवेदन पारित हुने महासचिव डा बेदुराम भुसालले जानकारी दिए । यस्तै बैठकमा​ सम्पर्क मञ्च सञ्चालन निर्देशिका र मोर्चा संगठन सञ्चालन निर्देशिकामाथि पनि छलफल भएको भुसालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप