मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

तारागाउँ विकास समितिको सदस्य सचिवमा लुइँटेल नियुक्त

बुधबार, २५ फागुन २०७८, २१ : ३४
बुधबार, २५ फागुन २०७८

सरकारले तारागाउँ विकास समितिको सदस्य सचिवमा नारद लुइँटेललाई नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले रिक्त रहेको तारागाउँ विकास समितिको सदस्य सचिवमा आज लुइँटेललाई नियुक्त गरेका हुन् । मन्त्रिस्तरीय निर्णयबाट उनलाई चार वर्षका लागि नियुक्त गरिएको बताइएको छ ।

आज नियुक्त भएका लुइँटेल यसअघि पनि एक कार्यकाल सदस्य सचिव भइसकेका छन् । लुइँटेललाई सदस्य सचिवमा नियुक्त गरिएपछि हायत रिजेन्सी होटलले गैरकानूनीरूपमा अतिक्रमण गरेको जग्गा फिर्ता ल्याउन सहज हुने विश्वास गरिएको छ । लुइँटेलले यसअघिको आफ्नो कार्यकालमा हायत रिजेन्सी होटलले अतिक्रमण गरेको १५० रोपनी सरकारी जग्गाको विवरण सार्वजनिक गरी कारवाही प्रक्रिया अघि बढाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप