आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आइएमई मोटर्सद्वारा सिमराही र चन्द्रनिगाहपुरमा शाखा उद्‌घाटन

बुधबार, २५ फागुन २०७८, २१ : ३५
बुधबार, २५ फागुन २०७८

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिले २ वटा शाखा उद्घाटन गरेको छ । सिन्धुलीको दुधौली नगरपालिका सिमराही (कटारी बजार नजिक) सर्भिस सेन्टर र रौतहटको चन्द्रनिगाहपुर नगरपालिकास्थित सोरुम एक कार्यक्रमबीच उद्घाटन गरिएको आइएमई मोटर्सले जानकारी दिएको हो । शाखाबाट अशोक लेलैण्ड गाडीहरूका लागि सेल्स, सर्भिस र स्पेयर पार्ट्स उपलब्ध हुने बताइएको छ ।

शाखा उद्‌घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र भारतको दोस्रो ठूलो अटोमोबाइल कम्पनी अशोक लेलैण्डका क्षेत्रीय प्रमुख तन्मय मित्रको उपस्थितिमा गरिएको हो । ग्रुप अध्यक्ष ढकालले अशोक लेलैण्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्राण्ड भएकोले यसमा लगानी गरेको बताए । यस क्षेत्रका ग्राहकहरूले ढुक्क भएर अशोक लेलैण्ड गाडीहरूमा लगानी गर्न अनुरोध गर्दै ढकालले बिक्री पछिको सेवाका लागि जस्तो सुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने प्रतिबद्धता जनाए।

अशोक लेलैण्ड भारतका क्षेत्रीय प्रमुख तन्मय मित्रले अशोक लेलैण्ड हिन्दुजा समूह अन्तर्गतको ७३ वर्ष पुरानो भारतको दोश्रो ठूलो कमर्शियल गाडी निर्माता कम्पनी भएको र आइएमई मोटर्ससँगको सहकार्यमा नेपालमा अशोक लेलैण्डको आक्रमक बजार विस्तार गर्ने उद्देश्य रहेको बताए ।

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । बैंकिङ्ग, इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचनाप्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा निरन्तर लाग्दै आएको आइएमई ग्रुपले जनाएको छ ।

आइएमई मोटर्सले ट्रक टिप्पर, स्कुल बस सहित साना तथा ठुला कमर्सियल गाडीहरू बिक्रीवितरण गर्दै आएको छ । साथै सेना र प्रहरीले प्रयोग गर्ने विशेष गाडीहरू पनि उपलब्ध गराउँदै आएको छ । सिमराही सर्भिस सेन्टर र चन्द्रनिगाहपुर शाखा बाहेक थप १३ शाखाबाट सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सुविधा पनि दिँदै आएको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप