आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हुण्डाईको ‘बेस्ट बाइ’ योजना, ग्राहकलाई नगद छुट र विभिन्न सुविधा

बुधबार, २५ फागुन २०७८, २१ : ४७
बुधबार, २५ फागुन २०७८

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई बेस्ट बाइ’ योजना ल्याएको छ । नेपालभर लागू हुने यो योजनामार्फत ग्राहकहरूले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुविधाहरू प्राप्त हुने सो प्रालिले जानकारी दिएको छ ।

योजनामार्फत ग्राहकले ५० हजार रुपैयाँसम्म बेस्ट बाइबोनस, एक वर्षको निःशुल्क बृहत्‌ बीमा तथा सडक कर, ३० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, ४ लाख रुपैयाँसम्म नगद छुटका साथै स्पट एक्सचेन्ज र भ्यालुएशन पनि पाउन सक्ने हुण्डाई विक्रेताको दाबी छ । साथै, हरेक हुन्डाई गाडीमा ६ वर्षको निःशुल्क सेवा र ३ वर्षको वारेन्टी रहेको पनि कम्पनीले जानकारी दिएको छ। 

नयाँ ‘बेस्ट बाइ’ योजना २०७८ चैत्र १९ सम्म लागू हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप