आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहीबार, २६ फागुन २०७८, १० : ५९
बिहीबार, २६ फागुन २०७८

आज एकै दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार ५ सयले रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकै दिन ३ हजार ५ सयले रुपैयाँले सुनको मूल्य ओरालो लागेको हो । हिजो बुधबार एकै दिन प्रतितोला २५ सय रुपैयाँले उकालो लागेको सुनको मूल्य आज फेरी ३ हजार ५ सयले रुपैयाँले घटेको हो । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । हिजो छापावाल सुनको भाउ प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँ पुगेको थियो । 

रुस र युक्रेनबीच सैन्य भिडन्त भइरहँदा निरन्तर उकालो लाग्दै दिनदिनै कीर्तिमान बनाइरहेको सुनको मूल्य आज घटेको हो । यससँगै, सुनचाँदी बजार इतिहासकै नयाँ कीर्तिमानी मूल्य कायम भएको सुन पुनः कीर्तिमानी मूल्य छुनबाट रोकिएको महासंघको भनाई छ ।

सुनसँगै ओरालो लागेको चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १४ सय ५ रुपैयाँ तोकिएको छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप