आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

झापामा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

बिहीबार, २६ फागुन २०७८, १२ : ५०
बिहीबार, २६ फागुन २०७८

झापाको कन्काई नगरपालिका–९ घैलाडुब्बामा बुधबार बेलुकी एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय उमेश थापा रहेका छन् । गम्भीर घाइते भएका थापाको उपचारको क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

मे १ च ५२५ नम्बरको एम्बुलेन्सले पैदलयात्री थापालाई बुधबार बेलुकी ७ बजे ठक्कर दिएको हो ।  एम्बुलेन्ससहित चालक भने ईलाका प्रहरी कार्यालय अनारमनी झापाको नियन्त्रणमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप