मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बच्चालाई खुसी बनाउन चाहनुहुन्छ ? १० मिनेटमै बनाएर पिलाउनुहोस् स्ट्रबेरी मिल्कशेक

बिहीबार, २६ फागुन २०७८, १२ : ५६
बिहीबार, २६ फागुन २०७८

स्ट्रबेरी मिल्कशेक विशेषगरी बच्चालाई धेरै मन पर्छ  र यो बच्चाका लागि एउटा राम्रो इनर्जी ड्रिंकको विकल्प पनि हो । तपाईंले बच्चालाई ब्रेकफास्ट वा खाजाको समयमा यो ड्रिंक दिन सक्नु हुनेछ । बच्चाका साथै ठूलाले पनि यसलाई पिउन सक्छन् । यदि तपाईं हामीले प्रस्तुत गर्ने रेसिपिमा ताजा स्ट्रबेरीको प्रयोग गर्नु हुन्छ भने यो ड्रिंकको स्वाद अझै मिठो हुने गर्छ  र यसले थप रिफ्रेसिङ गराउँछ ।

ताजा स्ट्रबेरीका साथसाथै तपाईं यसमा ताजा क्रिमको पनि प्रयोग गर्न सक्नु हुनेछ ।  जसले स्ट्रबेरी मिल्क सेकलाई एक विशेष किसिमको क्रिमी फ्लेभर प्राप्त हुन्छ र यसको स्वाद कयौँ गुणा वृद्धि हुन जान्छ । आउनुहोस्, घरमै स्ट्रबेरीको मिल्क सेक बनाउने तरिकाबारे थाहा पाऔँः

१ कप स्ट्रबेरी,

१ कप चिसो दुध र

५ ठूलो चम्चा चिनी

पहिलो स्टेप

सबैभन्दा पहिले मिक्सर ग्राइन्डरको जार लिनुहोस र जारमा ताजा स्ट्रबेरी हाल्नुहोस् । यसका साथै यसमा ५ चम्चा चिनी हाल्नुहोस र यी सबैलाई पिसेर लेदो तयार पार्नुहोस् ।

दोस्रो स्टेप

यसपछि एक ग्लासमा स्ट्रबेरीको तयार पारिएको लेदो हाल्नु होस् । अब यसमा माथिबाट चिसो दुध ग्लासमा हाल्नुहोस् र यी दुवैलाई चम्चाको सहायताबाट राम्रो तरिकाले मिलाउनुहोस् । यहाँ तपाइले ध्यान दिनु पर्ने कुरा के छ भने दूध हालिसकेपछि स्ट्रबेरी र दूध राम्रो तरिकाले मिल्नु आवश्यक छ ।

स्टेप ३

तपाईंको स्ट्रबेरी मिल्कशेक तयार भयो र यसलाई स्ट्रबेरीको टुक्रासँग सजाएर पस्कनुस् ।

स्टेप ४

तपाईं यो स्ट्रबेरी मिल्कशेकलाई यस्तै सादा रुपमा प्रयोग गर्न सक्नु हुने छ वा चाहे अनुसार यसमा एक ठूलो चम्चा भ्यानिला आइसक्रिम र स्ट्रबेरी आइसक्रीम पनि हाल्न  सक्नु हुने छ ।

यस किसिमबाट आफ्नो मनपर्ने आइसक्रिम फ्लेभर हालेपछि यो ड्रिंकलाई राम्रोसँग हल्लाउनु पर्छ ।

यसरी तपाईंले छोटो अवधिमै रिफ्रेसिङ स्ट्रबेरी मिल्कशेक सजिलो तरिकाबाट नै घरमै तयार पार्न सक्नु हुनेछ । यो बनाउन केवल १० मिनेट मात्रै लाग्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप