आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संखुवासभा दुर्घटना : मृत्यु भएका १२ जनाको खुल्यो पहिचान (अपडेट)

बिहीबार, २६ फागुन २०७८, २० : ००
बिहीबार, २६ फागुन २०७८

संखुवासभाको मादी नगरपालिका–६ स्थित थुलुङमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ना ४ ख ७३५ नम्बरको ‘रेशम फिलिलि’ बसमा सवार १४ जना मृतकमध्ये समाचार तयार गर्दासम्म १२ जनाको पहिचान खुलेको छ ।

रामबेनी बजारबाट झापाका दमक जाँदै गरेको बस बिहीबार विहान सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । दुर्घटनामा परेर मृत्यु हुनेहरुमा संखुवासभाको मादी नगरपालिका–६ घर भएकी ३० वर्षीया सीता बिक, ३२ वर्षीया अन्जना कटुवाल, मादी–५ घर भएका ४९ वर्षीय भवानीप्रसाद दाहाल, वर्ष ५६ का श्याम शेर्पा, र वडा नम्बर–२ बस्ने ४२ वर्षीय इन्द्र अधिकारी छन् ।

ताप्लेजुङ घर भएकी बर्ष ३१ की समीक्षा योञ्जन र उनको छोरा ८ वर्षीय सुदिप घिसिङको मृत्यु भएको छ । बसका चालक तेह्रथुम घर भएका ३१ वर्षीय विपिन निरौलाको पनि मृत्यु भएको ईलाका प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

मृत्यु हुनेहरुमा मादी नगरपलिका–६ बस्ने वर्ष ५ की दीक्षा कटुवाल, वडा नम्बर–४ बस्ने ६० वर्षीय बलबहादुर कार्की, वर्ष २८ की सविता कार्की र मादी–५ बस्ने ४८ वर्षीय दीपककुमार दाहाल छन् । दुर्घटनामा परेर ५ जना घाइते भएका छन् । घाइतेहरुको चैनपुर अस्पतालमा उपचार भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप