आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पञ्जाबमा चुनाव हारेपछि कपिल शर्मा शोमा होला सिद्धूको फिर्ती ?

बिहीबार, २६ फागुन २०७८, १७ : ३४
बिहीबार, २६ फागुन २०७८

हालसम्मको रुझानका अनुसार पञ्जाबमा आम आदमी पार्टीले सत्तारुढ कांग्रेस पार्टीको लगभग पत्तासाफ गरिदिएको छ ।

क्रिकेटरबाट राजनेता बनेका र दुईपटक लोकसभा सांसद बनेका नवजोत सिंह सिद्धू पञ्जाब चुनाव परिणाममा कांग्रेसको अपमानजनक स्थितिका लागि जिम्मेवार प्रमुख कारकमध्ये एक भएको विशेषज्ञले बताएका छन् ।

सिद्धूूको हारपछि अब उनको राजनीतिक करियर समाप्त हुने धेरैले कयास लगाएका छन् ।

त्यसैले कतिले उनी द कपिल शर्मा शोमा फर्कनु बाहेक अन्य कुनै विकल्प नभएको पनि धेरैले बताइरहेका छन् । तर वास्तविकता के हो त ?

कपिल शर्माको शोमा फर्कन्छन् सिद्धू

अब अर्चना पुरन सिंहले निर्णायकको कुर्सी खाली गर्नु पर्ने पनि धेरैले बताइरहेका छन् । यसैगरी सिद्धूलाई कपिल शर्माको शो मा हेर्ने मानिस उत्साहित पनि भएका छन् । तर फिल्ममेकर अशोक पण्डितले सबैको मनोकांक्षामा पानी हालिदिएका छन् ।

अशोक पण्डितको सिद्धूमाथि प्रहार

अशोक पण्डितले ट्वीटरमा स्पष्ट भनेका छन् कि सिद्धू चाहेर पनि कपिल शर्मा शोमा फर्कन सक्ने छैनन् । उनले ट्वीटमा लेखेका छन्, ‘नवजोति सिंह सिद्धू कपिल शर्मा शो मा फिर्ता हुन्छन् कि भनेर चिन्ता गर्ने धेरैलाई म यो बताउन चाहन्छु कि फेडरेशन अफ वेस्टर्न इन्डिया सिने इम्प्लोईले नवजोत सिंह सिद्धूविरुद्ध पाकिस्तानलाई समर्थन गरेको भन्दै नन कोअपरेशन इश्यू गरेको छ । यसको अर्थ उनी द कपिल शर्मामा फिर्ता हुन सक्ने छैनन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप