मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘मिर्गौला रोग साइलेन्ट किलर हो, वर्षमा कम्ती दुई पटक जँचाऔँ ।’

बिहीबार, २६ फागुन २०७८, १९ : १८
बिहीबार, २६ फागुन २०७८

नेपालमा पहिलो पटक ब्रेन डेथमार्फत मिर्गौला प्रत्यारोपण १९ वर्षिया मिलन श्रेष्ठले गराएका हुन् । १४ वर्षको उमेरमा मिर्गौला फेल हुँदा परिवारसँग मिर्गौला म्याच नभएपछि मिर्गौला एक वर्ष प्रत्यारोपण गर्न चाहेर पनि पाएनन् । १५ वर्ष पुग्दा भाग्यवस् बेर्न डेथ अर्थात्, मष्तिष्क मृत्यु भएको व्यक्तिबाट मिर्गौला प्राप्त गरेपछि उनले नयाँ जीवन पाएको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विश्व मिर्गौला दिवसको अवसरमा १२ औ नेपाल प्रत्यारोपण खेलकुद तथा मष्तिष्क मृत्युसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सुनाए ।

‘मैले मृतक शरीरबाट निकालिएको मिर्गौलाका कारण नयाँ जीवन पाए,’ उनले भने, ‘लामो समयदेखि डायलासिस गरेर प्रत्यारोपणको पखाईमा बसेका नागरिकलाई नयाँ जीवन ब्रेन डेथले दिन सक्छ, अब सरकारले मस्तिष्क सम्बन्धी प्रष्ट कानुन ल्याउनुपर्छ ’

कार्यक्रममा २५ वर्षदेखि डायलासिस गर्दै आएका भक्तपुरका राजु तुलाधरले मिर्गौला फेल हुँदा आत्तित नहुने बताए ।  ‘मिर्गौला फेल भयो अब मरिहाल्छु की भन्ने मनमा नकारात्मक कुरा ल्याउन हुँदैन्,’ उनी भन्छन् ‘मिर्गौला फेल भएपनि विशेषज्ञहरूसँग परामर्श गरिरहने डायलासिस गर्ने गरेको खण्ड सामान्य मानिस सरह जीवनयापन गर्न सकिन्छ ।’

२५ वर्षदेखि मिर्गौला प्रत्यारोपण गर्न नसकेको सुनाउँदै उनले अंग दान अभियानलाई सम्बन्धी निकायले प्राथमिकता दिएका प्रत्यारोपण  पर्खाइमा बस्नेले नयाँ जीवन पाउने बताए ।  सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक तथा प्रत्यारोपण वरिष्ठ विशेषज्ञ डा.पुकारचन्द्र श्रेष्ठले नेपालमा विश्वस्तरको तुलनामा सफल रुपमा मिर्गौला प्रत्यारोपण भइरहेको बताएका छन् । मिर्गौला प्रत्यारोपण ९९ प्रतिशत सफल भएको सुनाउँदै उनले अव बेर्न डेजलाई अभियानका रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।

धेरै मिर्गौला रोगी प्रत्यारोपणको पर्खाइ​मा रहेकाले बेर्न डेथबारे नीति निर्माण गनदेखि कार्यान्वयन गर्ने एकाइसम्म जनचेनता फैलाउन अतिआवश्यक पर्ने उनको भनाइ छ । मरेपछि शरीर खरानी भएर जाने शरीरले जीवनमरणको दोसाँधमा रहेका ८ जनाको ज्यान बचाउन सक्ने भएकाले सबैको अंगतर्फ ध्यान दिनुपर्ने श्रेष्ठले बताए । मृत्युपछि खरानी बन्ने अनि माटोमा सढ्ने अंगलाई दान गरेको खण्डमा पूजनीय कार्य हुन सक्ने उनले सुनाए ।

नेपालमा ठूलो सङ्ख्या दुर्घटना हुने भएकाले बेर्न डेथ अर्थात्, मस्तिष्क मृत्यु भएकाबाट मिर्गौला प्रत्यारोपण कार्यलाई अगाडि बढाएको खण्डमा नेपाल आत्मनिर्भर बन्ने उनको भनाइ थियो । यस्तै, कार्यक्रममा मिर्गौला रोग विशेषज्ञ डा.कल्पना श्रेष्ठले मिर्गौला रोगको प्रमुख कारण मधुमेह, उच्च रक्तचाप, शहरीया जीवनशैलीका कारण रोगीको सङ्ख्या पनि बढ्दै गएको बताइन् । एक पटक मिर्गौला फेल भइसकेपछि पुनः उपचारपछि पहिलाको अवस्थामा नफर्किने मिर्गौला रोग विशेषज्ञ श्रेष्ठको भनाइ छ । यद्यपि मिर्गौला रोग लाग्यो भन्दैमा हतास हुनुपर्ने अवस्था नरहेको भन्दै सम्पूर्ण उपचार नेपाल सम्भव रहेको उनले बताइन् ।

उनले भनिन्, ‘मिर्गौला रोग साइलेन्ट किलर रोग हो वर्षमा कम्ती दुई पटक जँचाऔँ ।’  मिर्गौलाले १२/१५ प्रतिशत मात्रै काम गर्दा अस्पताल बिरामी आइपुग्ने भएकाले कम्तीमा वर्षमा दुई पटक मिर्गौला जाँच गर्न सबैलाई आग्रह गरिन् । स्वस्थ मिर्गौला सबैका लागि भन्ने नारासाथ विश्व मिर्गौला दिवस मनाइरहँदा मृत्यु पश्चात प्राप्त हुने अंग दानलाई अब प्राथमिकता दिनुपर्ने उनले सुनाइन् ।

मिर्गौलामा समस्या भएनभएको जाँच नगरेसम्म पत्ता लगाउन नसकिने भएको दिसा, पिशाव परीक्षणबाट पनि मिर्गौलामा समस्या भएनभए पहिचान गर्न सकिने भएकाले स्क्रिङ तर्फ सबैको ध्यान जानुपर्ने उनले सुनाइन् ।

यस्तै,  पूर्वमुख्य सचिव लीलामणि पौडेलका अनुसार शरीर स्वस्थ भए परिवार,समाज र राष्ट्रको सम्पती हो । राष्ट्रका लागि दायित्व होइन सम्पती बन्नका लागि सबैले आफ्नो मिर्गौलाको ख्याल गर्न अति आवश्यकता रहेको पौडेलले बताए । मिर्गौला स्वस्थ राख्नका लागि जनचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने पौडेलको भनाइ छ ।

मिर्गौला रोगीलाई बचाउनका लागि अंग दान जीवन दान हो भन्ने धारणालाई जनमानसमा पु¥याउनका लागि राष्ट्रव्यापी अभियान गर्नुपर्ने बताएका छन् । उनी भन्छन्, ‘सबैले परिवारलाई अंग दान गर्न प्रेरित गर्नुपर्छ, मैले मेरो सम्पूर्ण परिवारलाई परिवारलाई अंग दानको कार्ड व्यवस्था गरेको छु, हाम्रो शरीरबाट निकाल्न अर्थात् दान गर्न गर्न मिल्ने सबै अंगलाई निकाल्न भनेको छु ।’

अन्तक्र्रिया कार्यक्रमम स्वास्थ्य राज्यमन्त्री भावनी खापुङले अंग दान अभियानलाई देशव्यापी रुपमा प्रचारप्रसार गर्नुपर्ने बताएका छन् । मस्तिष्क मृत्यु भएपछि आठ वटा अंग प्रत्यारोपण गर्न मिल्ने भएकाले अंग दानलाई प्राथमिकता अभियान सञ्चालन गर्नुपर्नेमा स्वास्थ्य राज्यमन्त्री खापुङले जोड दिइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप