सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाल बैंक र चरक मेमोरियल अस्पतालबीच सम्झौता

शुक्रबार, २७ फागुन २०७८, १२ : ३७
शुक्रबार, २७ फागुन २०७८

नेपाल बैंकका कर्मचारी एवं ग्राहकहरुलाई पोखरास्थित चरक मेमोरियल हस्पिटलमा लाग्ने शुल्कमा छुट गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका कर्मचारीलाई अस्पतालमा लाग्ने शुल्कमा १५ प्रतिशत र बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग र क्युआर कोर्डमार्फत भुक्तानी गर्नेलाई अस्पतालको सेवाहरुमा १० प्रतिशतसम्म छुट हुने भएको हो । सम्झौता पत्रमा अस्पतालका तर्फबाट अध्यक्ष रामचन्द्र रेग्मी र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका हुन् ।

 त्यस्तै कार्यक्रममा अस्पतालका अध्यक्ष रेग्मीले बैंकका कर्मचारी एवं ग्राहकहरुलाई न्यूनतम शुल्कमा स्वास्थ्य सुविधा प्रदान गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । त्यस्तै, बैंकका प्रमुख अधिकारीले यस सुविधाबाट बैंकका कर्मचारी र ग्राहकहरुले लाभान्वित हुने बताए । कार्यक्रममा बैंक गण्डकी प्रादेशिक कार्यलयका प्रमुख प्रतिमा श्रेष्ठ, बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रबन्धक कृष्णहरि बुढाथोकी, कर्मचारीहरु र अस्पतालका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप