आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नारायणी अटोमा एक्सचेन्ज मेला, अतिरिक्त ७० हजार पाइने

शुक्रबार, २७ फागुन २०७८, १८ : ४४
शुक्रबार, २७ फागुन २०७८

मारुती सुजुकीको आधिकारिक बिक्रेता नारायणी अटो बिजनेशले एक हप्ते ‘सुजुकी नारायणी भेहिकल एक्सचेन्ज अफर’ संचालन गरेको छ । कम्पनीले शुक्रबारदेखि लागू हुने गरी आगमी चैत ४ गतेसम्म यस बेला सञ्चालन गरेको हो ।
यस योजना अन्तर्गत ग्राहकले जुन कुनै ब्राण्डका पुरानो गाडीसँग सुजुकीको नयाँ गाडी सट्टापट्टा गर्न सक्ने र उक्त एक्सचेन्जमा गाडीको मूल्याङ्कनको अतिरिक्त अधिकतम ७० हजार रुपैयाँसम्म थप प्रदान गरिने कम्पनीले जनाएको छ । 
यस योजना अनुसार पुरानो गाडीको उचित मुल्याङकनसँगै न्यूनतम ३० हजारदेखि ७० हजार रुपैयाँसम्म थप सुविधा प्रदान गरिने कम्पनीका सञ्चालक अनुप बरालले जानकारी दिए । साथै, ग्राहकले एक्सचेन्जमा नगद छुटसँगै एक वर्षको बीमा सुविधा समेत प्राप्त गर्न सक्ने बरालले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप