मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

उठ्दैछन् राजधानीका सम्पदा (फोटो फिचर)

शनिबार, २८ फागुन २०७८, ११ : ०३
शनिबार, २८ फागुन २०७८

विनाशकारी भूकम्पले राजधानीका सम्पदा भत्काएको ७ वर्ष हुन लागिसक्यो । सरकारले औचित्य सकिएको भन्दै पुनःनिर्माण प्राधिकरण खारेज गरिसक्यो । तर राजधानीका सम्पदाहरूको अझै पुनःनिर्माण भइरहेको छ । ललितपुरको ठेचो, बुङमती, पाटन, काठमाडौंको वसन्तपुर, जैसीदेवल, भक्तपुरको दरबार परिसर र दत्तात्रय वरिपरि धमाधम मन्दिर पाटी पौवा पुनःनिर्माणको काम भइरहेको देख्न सकिन्छ । 

सम्पदाको निर्माण अनि पुनःनिर्माण सजिलो पक्कै छैन । आस्था, विश्वाससँगै ऐतिहासिक एवं पुरातात्विक महत्वलाई जस्ताको तस्तै राख्न चुनौतिपूर्ण छ । पुराना पुस्ता बितेसँगै सम्पदा पुन निर्माणमा सघाउने कालीगढको समेत अभाव रहेको निमार्णमा संलग्नहरु बताउँछन् ।

परम्परागत प्रविधि र सीपको हस्तान्तरण र पुस्तान्तरण नहुँदा, मठ मन्दिर जीवित नै रहँदा यसमा प्रयोग गरिएको कला तथा प्रविधिको विवरणहरू संग्रह नगरिनुले पनि सम्पदा निर्माणमा ढिलाई भइरहेको छ । प्रस्तुत  छ यिनै सम्पदाहरूको पुनःनिर्माणको फोटो फिचर । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप