आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एक सातामा २७ सयले बढ्यो सुनको मूल्य

शनिबार, २८ फागुन २०७८, १२ : ३०
शनिबार, २८ फागुन २०७८

यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सातामा सुनको मूल्य करिब ३ हजार रुपैयाँले महँगिएको हो । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य उक्त रुपैयाँले महँगिएको महासंघले जनाएको छ । गत साता छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ९०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा प्रतितोला मूल्य १ लाख २ हजार ६०० रुपैयाँ पुगेको छ ।

यसैगरी, यो साता सुनको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म सुनको मूल्य उक्त रुपैयाँले बढेको हो । यससँगै, चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ पुगेको छ ।

यरोएसियाली मुलुक रुस र युक्रेन आपसी युद्धमा होमिएपछि विश्वभर सुनको मूल्य निरन्तर बढिरहेको छ । रुसले युक्रेनमा आक्रमण गर्नुअघि सुनको मूल्य तोलामा ९० हजार रुपैयाँ आसपास थियो । तर, त्यसयता निरन्तर बढेर एक लाखभन्दा माथि पुगिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप