बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कविता : रिपु

शनिबार, २८ फागुन २०७८, १८ : ०१
शनिबार, २८ फागुन २०७८

मेरो जन्मजात रिपु
मेरो सामु आएर
शब्दमा मिठास भरेर
मलाई टाकुरे
सम्राट बन्न उत्प्रेरित गर्छ
र, आवेगमा चल्न उत्तेजित गर्छ ।
जबकि मलाई 
पूरापूर मालुम छ,
गएको कात्तिकमा उसलाई
कात्तिके बैंस चढेर 
आफ्ना मित्रहरूसँग
अर्थात् 
मेरा दुश्मनहरुसँग
मेरो समाधि खन्ने 
गुरुयोजना जो कोरेको थियो 
देशको सिमाना बेचेर 
मलाई श्रीपेचको सपना 
देखाएको थियो ।
....
मेरो जन्मजात रिपु
मेरो सामु आएर 
शब्दमा उल्लास भरेर
मलाई सिन्दुरे 
देवताको अवतार भन्ने गर्छ 
मेरो कीर्तन गर्छ 
भजन गाउँछ ।
जबकि मलाई 
पूरापूर मालुम छ
थोरै म ओझेल हुँदा
ऊ मेरै विरुद्धमा 
आमसभाको आयोजन गरेर
भाषणमा मलाई गिराएर
आफू स्फटिक हुने दुस्साहस गर्छ ।

धनगढी, कैलाली
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप