बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कविता : अन्त्यको शुरूवात

शनिबार, २८ फागुन २०७८, १८ : २२
शनिबार, २८ फागुन २०७८


गर्भ अवस्थाको अन्त्य
बच्चाको जिवनको सुरुवात बन्छ
प्रशव पिडा गर्भ अवस्था अन्त्यको पीडा 
बच्चाको नया जीवन सुरुवातको खुसि 
सङग विलिन हुन्छ।

बिजको अन्त्य
बिरुवाको अन्कुरण
फक्लेटा फुट्दा निस्कने ताप
कलिलो मुनामा शीत परेर
 सितल बन्छ।

प्रेमको सुरुवात
पुलकित सन्सार जित्ने जस्तो
प्रेमको अन्त्य भिमकाय ,
आफै भित्र हराएको 
भुल भुलैयाको रमिते जस्तो।


कहिले सुरुवातको खुसी 
कहिले अन्त्यको पीडा
कहिले सुरुवात र अन्त्य विचको तथस्तथा
सुरुवातहरु अन्त्यमा समाहित हुन्छन
अन्त्यहरु नया सुरुवात गर्छन ।

अन्त्यका पीडा भयानक हुन्छन
सुरुवातका चरणहरु
मनमोहक हुन्छन।
अन्त्य बिर्सिएर सुरुवात हुन सक्दैन
सुरुवातको अन्त्य आफैमा अकाट्य छ।

समय अवधी ,निश्चित नभएको
सुरु र अन्त्यको बिचमा गुज्रिरहेको जिन्दगी 
सुरुवात लाई उछिन्दै अन्त्य 
र अन्त्यलाई उछिन्दै सुरुवात हिडिरहेको छ
अनन्त अन्त्यको यात्रा।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप