सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

डलरको भाउ १२३ रुपैयाँ नजिक, अरु देशको मुद्राको दर कति ?

आइतबार, २९ फागुन २०७८, ११ : ०८
आइतबार, २९ फागुन २०७८

आइतबार विदेशी मुद्राको विनिमयदर नेपाली रुपैयाँमा अमेरिकी डलर एकको खरिददर १२३ रुपैयाँ नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ २५ पैसा र बिक्रीदर १२२ रुपैयाँ ८५ पैसार पुगेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ १३ पैसा रबिक्रीदर १३४ रुपैयाँ ७९ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९रुपैयाँ ८२ पैसा र विक्रीदर १६०रुपैयाँ ६० पैसा रहेकोराष्ट्र बैंकले जनाएको छ ।

यस्तै,स्वीस फ्रेङ्कएकको खरिददर १३१ रुपैयाँ २३पैसा र विक्रीदर १३१ रुपैयाँ ८७ पैसा रहेकोछ भने अष्ट्रेलियन डलरएकको खरिददर ८९ रुपैयाँ ४५ पैसा र विक्रीदर ८९ रुपैयाँ ८९ पैसा रहेको छ ।

क्यानेडियन डलरआज एकको खरिददर ९५ रुपैयाँ ६९पैसा रहेको छ भने विक्रीदर ९६ रुपैयाँ १६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 
यस्तै, जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ४६ पैसा र विक्रीदर १० रुपैयाँ ५१ पैसा रहेको छ भने चिनियाँ यूआन आज एकको खरिददर १९ रुपैयाँ ३० पैसा र विक्रीदर १९ रुपैयाँ ४० पैसा रहेकोबैंकले जनाएको छ । 

यता साउदी अरबियन रियाल आज एकको खरिदर ३२ रुपैयाँ ५९ पैसा र विक्रीदर ३२ रुपैयाँ ७५पैसा रहेकोमा कतारी रियालएकको खरिदर३३रुपैयाँ ४५ पैसा र विक्रीदर ३३ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप