आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमएडब्लू भृद्धिले ‘ओमेगा सिक्की’ विद्युतीय टेम्पो बेच्ने

आइतबार, २९ फागुन २०७८, १३ : ०६
आइतबार, २९ फागुन २०७८

नेपाली बजारमा विभिन्न ब्रान्डका कमर्सियल तथा प्यासेन्जर सवारी बिक्री गर्दै आइरहेको एमएडब्लू भृद्धिले ‘ओमेगा सिक्की’ मोबिलिटी (ओएसएम) का विद्युतीय सवारीसाधन ल्याउने भएको छ । पहिलो चरणमा एमएडब्लू भृद्धिले थ्री व्हीलर सवारी भित्र्याउने योजना बनाएको हो ।

ओएसएम र एमएडब्लू भृद्धि कमर्सियल भेहिकलबीच विद्युतीय तीनपाङ्‌ग्रे सवारीसाधन आधिकारिक बिक्रेताको सम्झौता भएको हो । दुई कम्पनीबीच केही दिनअघि आधिकारिक साझेदारी भएको एमएडब्लू भृद्धिले जानकारी दिएको छ ।

अबको केही समयभित्रै ओएसएमका तीनपांग्रे विद्युतीय सवारी ल्याउने सो कम्पनीको योजना छ । वातावरण सुरक्षामा आफूहरू प्रतिबद्ध रहेको र वातावरण तथा नेपाललाई सुहाउँदो सवारी भित्र्याउन भित्र्याउन लागेको कम्पनिले जानकारी दिएको छ । ओएसएमले उत्पादन गरेका उच्च प्रविधियुक्त विद्युतीय सवारीले देशले अंगालेको विद्युतीकरणको अभियानमा सहयोग पुग्ने पनि कम्पनीको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप