सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई बादलसँग आँगनमा परेको माछाको मात्रै चिन्ता छ : ओली

‘सरकारका मन्त्रीहरु नै ब्ल्याकमेलर ’
आइतबार, २९ फागुन २०७८, २१ : १०
आइतबार, २९ फागुन २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार र सरकारका मन्त्रीहरु नै ब्ल्याकमेलर भएको आरोप लगाएका छन् । आइतबार एमाले उद्योग विभागले उद्यमी व्यवसायीसँग गरेको अन्तरक्रियामा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले वर्तमान सरकारको गलत नीति र क्रियाकलापका कारण अर्थतन्त्रका सूचकहरु गम्भिर मोडमा पुगेको बताए । 

‘तपाईहरुलाई थाहा छ अहिलेको सरकार र सरकारका मन्त्रीहरु ब्ल्याकमेलरका रुपमा काम गरिरहेका छन्’ ओलीले भने, ‘कसैसँग पैसा माग्यो दिएन भने तिमीलाई यस्तो गरिदिन्छु, उस्तो गरिदिन्छु भनेर थर्काएर, ताला लगाएर, छापा मारेर । के गरेर हैरान पार्न सकिन्छ र अरु उद्यमी व्यवसायीलाई तर्साएर जे भन्यो त्यो गराउन सकिन्छ यसप्रकारका प्रवृतिहरु छन् ।’ 

अध्यक्ष ओलीले माओवादी शसस्त्र द्धन्द्धमा जस्तै अहिले पनि उनीहरुको क्रियाकलाप जारी रहेको आरोप लगाए । ‘जसरी हिजो राज्यभन्दा बाहिर बसेर बेग्लै ढंगले गर्ने गरिन्थ्यो अहिले राज्यमा बसेर र राज्यको बागडोर लिएर त्यही कुरा हिजोको एक्सटर्सन आज फरक ढंगको एक्सटर्सनमा परिणत गर्न खोजिएको छ । यो अर्थतन्त्रका लागि धैरै गम्भिर, नकारात्मक र खतरनाक कुरा हो भविष्यका लागि’, ओलीको भनाइ छ । 

उनले आफ्नो नेतृत्वको सरकारले मानिसहरुलाई उद्यमी बनाउने,उद्योगतर्फ आकर्षित गर्ने, सहज ढंगले उद्यमी हुन  प्रेरित गरेपनि अहिलेको सरकारले नागरिक उद्यमी हुने कुनै कार्यक्रम नल्याएको बताए । ‘सवैभन्दा खतरनाक यो छ पहिला बसेको ट्रेन भत्काउन खोजियो र गलत टन निर्माण गर्न खोजियो’, ओलीको भनाइ छ ।  उनले नागरिकहरुलाई सहि जिम्मेवार, उत्पादनमुलक र आत्मनिर्भरताको बाटोमा लानुको सट्टा कुरा राष्ट्रको आत्मनिर्भरताको गर्ने तर अस्थायी, आवधिक क्षणिक लाभको बाटो देखाउने खालका प्रवृतितर्फ खर्च केन्द्रीत गर्दै कमिसनतिर सरकार लागेको बताए । उनले यो सरकारको ध्यान विकासतिर जाँदै नगएको भन्दै दिगो विकासको लक्ष्य पुरा गर्नेभन्दा पनि घटाउनेतिर गइरहेको टिप्पणी गरे ।  

उनले मुलुकको अर्थतन्त्र गम्भिर मोडमा पुग्दा पनि सरकार र प्रधानमन्त्रीले चिन्ता नगरेको पनि बताए । बादल लागेका बेला आकाशबाट पानी र माछा आँगनमा परेझै शेरबहादुर देउवाको आँगनमा माछा परेको पनि ओलीले बताए ‘कहिलेकहिले घना बादल लागेको बेला समुन्द्रको माछा आँगनमा पर्छ । साथीहरुले देख्नुभएको छ कि छैन मैले आफ्नै आँखाले बादलबाट पानीसँग माछा बर्सेको देखेको छु’, ओलीले भने, ‘शेरबहादुरजीलाई आँगनमा माछा पर्यो यसपल्ट । न समुन्द्र न पोखरी न खोला रु उहाँलाई अरु खेतबारीको चिन्ता छैन,त्यो माछा लगेर घैलामा राख्नुभएको छ । चिन्ता त्यही माछाको छ । भगवानले परमादेशबाट पारिदिएको माछाको चिन्ता ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप