आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमबार, ३० फागुन २०७८, ११ : ०२
सोमबार, ३० फागुन २०७८

आज नेपाली बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ हजार १ हजार ८०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

हिजो आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ थियो । जुन, आज प्रतितोला ५०० रुपैयाँले घटेको हो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घट्दै १४ सय १५ रुपैयाँ कायम भएको छ । हिजो आइतबार चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ तोकिएको थियो ।

यसअघि, सुनको मूल्य बढेर १ लाख ५ हजार ५०० रुपैयाँसम्म पुगेको थियो । त्यसयता निरन्तर ओरालो लाग्न थालेको सुनको मूल्य अहिलेसम्ममा २७ सयले घटिसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप