सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

न्यूरो कार्डियो अस्पतालमा नेपाल बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

सोमबार, ३० फागुन २०७८, ११ : ३८
सोमबार, ३० फागुन २०७८

नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरुलाई विराटनगरस्थित न्यूरो कार्डियो अस्पतालमा उपचार गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता बमोजिम बैंकका कर्मचारीलाई अस्पतालको सेवाहरुमा लाग्ने शुल्कमा २० प्रतिशतसम्म छुट र यस बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग र क्युआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई अस्पतालको विविध सेवाहरुमा १५ प्रतिशत सम्म छुट हुने व्यवस्था गरिएको हो ।

 अस्पतालका तर्फबाट संचालक निर्देशक राजेश भट्टराई र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा निर्देशक भट्टराईले बैंकका कर्मचारी र ग्राहकहरुलाई न्यूनतम शुल्कमा स्वास्थ्य सुविधा प्रदान गर्दा खुसी लागेको बताए ।

त्यसैगरि, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पन्तले अस्पतालसँग सहकार्य गर्न पाएकोमा आभार प्रकट गर्दै डिजिटल र कार्डमार्फत भुक्तानी गर्ने ग्राहकलाई छुट प्रदान गरेकोमा अस्पताल प्रति आभार व्यक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप