चीनमा रासायनिक कारखानामा आगलागी, ७ जनाको मृत्यु
सोमबार, ३० फागुन २०७८, १२ : २९
चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एक रासायनिक कारखानामा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ।
बाओटो शहरको होन्डलोन जिल्लामा रहेको कारखानामा सोमबार बिहान करिब २ : ०८ बजे भएको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा लिइएको सिन्ह्वाले जनाएको छ । आगलागीको कारण बारे अनुसन्धान भइरहेको बताइएको छ।