आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उपभोक्ता अधिकारका लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता

सोमबार, ३० फागुन २०७८, १९ : ११
सोमबार, ३० फागुन २०७८

उपभोक्ता हक अधिकारको क्षेत्रमा काम गर्दै आएका ७  वटा संस्थाहरु एकजुट भएर अगाडि बढ्ने भएका छन् । अन्तर्राष्ट्रिय उपभोक्ता दिवसको अवसर सोमबार सात संस्थाले काठमाडौंमा पत्रकारसम्मेलन गर्दै उपभोक्ता अधिकारका लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।  

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च, उपभोक्ता अधिकार अनुसन्धान मञ्च, राष्ट्रिय उपभोक्ता मञ्च, उपभोक्ता मञ्च नेपाल, नेपाल उपभोक्ता महिला बालबालिका लगायतका संस्थाहरुले उपभोक्ताको हक हितका लागि एक भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् । संस्थाहरुले सात वटै संस्था सात तिरबाट आ–आफ्नो बाटोमा हिँड्दा उपभोक्ताको हक हित र अधिकार स्थापित गर्ने अभियान सफल पार्न नसकिएकोले राज्यले समेत उपेक्षा गरेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले बताए । उनले उपभोक्ता अधिकारकर्मीहरु अहिले यदुवंशी जस्तै हुँदा आफैं एक–आपसमा लडेरै समाप्त हुने अवस्थामा पुगेको बताए ।   

उपभोक्ता अधिकारकर्मीहरूले जनता मूल्य वृद्धिको मारमा परेको अवस्थामा वाणिज्य तथा आपूर्ति मन्त्री बनाउन नसकेको बताए । उनीहरुले उपभोक्ता अदालत स्थापनाको लागि सरकारले व्यवास्था गरेको गुनासो गरे । उनीहरुले नेपालमा तीनै तहको सरकार भए पनि जनताले उपभोक्ता सम्बन्धि हक अधिकारबाट बन्चित भएकाले अब अधिकारको लागि लड्ने संस्था एक भएर राज्यलाई दबाब दिने तयारीमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप