आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमालेले ल्याएको जनमैत्री काम सरकारले रोक्यो : प्रभु साह

सोमबार, ३० फागुन २०७८, १९ : १८
सोमबार, ३० फागुन २०७८

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले एमाले सरकारले ल्याएको जनमैत्री कामहरू वर्तमान सरकारले रोकेको टिप्पणी गरेका छन । उनले पाँच दलीय गठबन्धनबाट मधेशलाई मुक्त गर्नुपर्ने बताएका छन् ।  

रौतहटको माधव नारायण नगरपालिका, माधोपुरमा आयोजित नगर अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले भ्रष्टाचार र लुटतन्त्रमा लिप्त गठबन्धनको गन्धले राजनीति गन्हाएको बताए । साहले गठबन्धन सरकार आएदेखि देशमा अराजकता, बेथिति, महङ्गी र अपराध बढेको जिकिर गर्दै गठबन्धनलाई बिदाई गर्नुपर्ने बताए । 

गठबन्धनले केन्द्रदेखि स्थानीय तहसम्म एमाले सरकारले अगाडि बढाएको जनमैत्री कार्यहरु रोक्ने काम गरिरहेको उनको आरोप छ । लोकतान्त्रिक प्रक्रियाबाट नभई अदालतको सेटिङबाट जन्मिएको गठबन्धन सरकारले लोकतान्त्रिक मुल्य र मान्यताको खुलेआम हत्या गरिरहेको उनको आरोप छ । आवधिक चुनाव नगर्ने, न्यायाधीशलाई सेटिङ गरेवापत मन्त्री पद दिने, भ्रस्टाचार गर्नेलाई जोगाउन आन्दोलन गर्ने गठबन्धनलाई अविलम्ब बिदाई गर्नुपर्ने उनको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप