सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एमाले रुकुमपूर्वको अध्यक्षमा ओली

सोमबार, ३० फागुन २०७८, २१ : २९
सोमबार, ३० फागुन २०७८

नेकपा (एमाले)को नयाँ जिल्ला कार्य समिति चयन भएको छ । एमालेको आठौँ जिल्ला अधिवेशनले टोपबहादुर ओलीको अध्यक्षतामा ९५ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरेको हो । ओली यसअघि पनि जिल्ला कार्य समितिको अध्यक्ष थिए । 

नयाँ जिल्ला कार्य समितिको उपाध्यक्षमा दामप्रसाद श्रेष्ठ, सचिवमा गोपाल रेउले, उपसचिवमा भावना विसी र तेजेन्द्र बुढा चयन भएका छन् । उपसचिव बुढा पनि जिल्ला कार्यसमितिको पुरानै अनुहार हो । पदाधिकारीमा उपाध्यक्ष, सचिव र महिला उपससचिव नयाँ आएका हुन् । 

रुकुमकोटमा फागुन २७ गते उद्घाटन भएको एमालेको आठौँ अधिवेशनले चार दिनसम्मको निरन्तर छलफलपछि नयाँ कार्य समिति टुङ्ग्याएको हो ।  एमालेले केही हिमाली जिल्लामा बाँकी राखेर अन्य सबै जिल्लामा गएको पुस २३ गते जिल्ला अधिवेशन गरेको थियो । यस जिल्लमा पाँच पदाधिकारीसहित ६५ सदस्यीय जिल्ला कार्यसमति चयन गर्ने भनिए पनि आकांक्षीहरू धेरै भएपछि ९५ जनाको जिल्ला कार्य समिति बनाइएको एमालेले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप