मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘दक्षिण कोरिया पठाउँछु’ भनेर ठगेको आरोपमा कोरियन नागरिक पक्राउ

मङ्गलबार, ०१ चैत २०७८, १० : ०३
मङ्गलबार, ०१ चैत २०७८

दक्षिण कोरियाबाट घुम्न आएका कोरियन नागरिकले काठमाडौंमा ठगी धन्दा चलाउने गरेको थाहा भएको छ । काठमाडौंको चाबहिलमा बसेर ठगी धन्दा चलाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रे सी जङ्गलाई पक्राउ गरेको छ ।

चाबहिलस्थित लाहुरेचोकमा रहेको ‘ओके कन्सल्टेन्सी’मार्फत दक्षिण कोरिया पठाउँछु भनेर रे सीले ठग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको सिआईबीको प्रवक्ता (एसपी) श्याम कुमार महतोले रातोपाटीलाई बताए । कोरिया सपना देखाएर उनले ‘वेल्डिङ ट्रेनिङ्ग’ गराउने गरेका थिए । तर, पैसा लिएर तालिम गराएपनि उनले दक्षिण कोरिया नपठाएर ठगेको भन्दै पीडितले ब्युरोमा उजुरी गरेका छन् ।

काठमाडौंको महांकालबाट पक्राउ गरेर उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशालामा पठाइएको सीआईबीले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप