बालकोटमा एमाले सचिवालय बैठक जारी
मङ्गलबार, ०१ चैत २०७८, १६ : ४५
नेकपा एमाले केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । अध्यक्ष केपी ओलीको निवास बालकोटमा केहीबेर अघि बैठक सुरु भएको हो ।
सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने नेताहरुले बताएका छन् । स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै चुनावी रणनीति बनाउन एमालेले केन्द्रीय कमिटी र स्थायी कमिटी र पोलिटब्युरो बैठक बोलाउने तयारी गरेको छ ।