आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कमेडी सिरियल ‘राजाराम निवास’ प्रसारण हुने

मङ्गलबार, ०१ चैत २०७८, १७ : ०७
मङ्गलबार, ०१ चैत २०७८

रेस्क्यू क्रिएसनले पारिवारिक कमेडी सिरियल ‘राजाराम निवास’ निर्माण गरेको छ । नवल नेपाल निर्देशित सिरियल कलाकार राजाराम पौडेल वरपर घुमेको छ । एमई टिभीको प्रस्तुति सिरियलमा राजारामलाई सरकारी जागिरबाट अवकाश प्राप्त कर्मचारीको रुपमा प्रस्तुत गरिएको छ । सिरियलमा उनी लोभी चरित्रका छन् । अवकाश प्राप्त जीवनलाई राजारामले कसरी सदुपयोग गरिरहेका छन् भन्ने कुरा ‘राजाराम निवास’मा देखाएको निर्देशक नेपालले बताए । ‘नेपालका पचास जिल्ला पुगेर कामको अनुभव संगालिसकेका राजारामलाई त्यहाँको रहनसहन, रीतिरिवाज, बोलीचाली, भाषा संस्कृतिको ज्ञान छ’ नेपालले भने ।

सिरियलमा राजारामका अलावा विमला गिरी, निर्मल न्यौपाने, अर्चना खनाल, साहिना भट्टराई र खड्गबहादुर पुन मगर (खबपु) को अभिनय छ । समन अधिकारीको कथा र महेश दवाडी तथा दिनेश न्यौपानेको लेखन रहेको टेलिसिरियलमा अर्जुन पोखरेल र विनोद खम्बुको संगीत, मुक्त उदास र हरि उप्रेतीको गीत, मदन काश्यप घिमिरेको छायाङ्कन, गौतम खड्काको सम्पादन र भीष्म आचार्यको प्रोडक्सन छ । सिरियलको कार्यकारी प्रमुख रिमेश अधिकारी हुन् ।
‘राजाराम निवास’ चैतको पहिलो साताबाट हरेक बिहीबार साँझ कान्तिपुर टिभी र एमई टिभीबाट प्रसारण हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप