सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

माहुरीको टोकाइबाट १६ पर्यटक घाइते

मङ्गलबार, ०१ चैत २०७८, २१ : ५०
मङ्गलबार, ०१ चैत २०७८

माहुरीको टोकाइबाट १६ पर्यटक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सौराहास्थित हात्तीसार भ्रमणमा रहेका सिन्धुलीबाट आएका आन्तरिक पर्यटकलाई जङ्गली खाग माहुरीले टोकेको हो ।

कार्यालयका अनुसार उनीहरुलाई रत्ननगर नगरपालिका–६ स्थित हात्तीसारमा माहुरीले टोकेको हो । घाइते सबैको बकुलर अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप