मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चुनावी रन्को : तस्बिरमा हेर्नुहोस् काठमाडौँमा माओवादीको प्रशिक्षण

बुधबार, ०२ चैत २०७८, १३ : ३३
बुधबार, ०२ चैत २०७८

चुनावको मिति नजिकिँदै गर्दा नेकपा माओवादी केन्द्रले राजनीतिक वैचारिक प्रशिक्षणलाई तीव्रता दिएको छ ।  दुई महिने चुनावी अभियानमा होमिएको माओवादीले चुनावी कार्यक्रमअनुसार विभिन्न प्रदेशमा बैठक तथा वैचारिक राजनीतिक प्रशिक्षण दिँदै आएको छ । सोही अनुसार बुधबार माओवादीले काठमाडौँमा प्रशिक्षणात्मक कार्यक्रम तय गरेको छ । उपत्यका विशेष र सम्पर्क समन्वय समितिका लागि  प्रज्ञा प्रतिष्ठानमा प्रशिक्षण कार्यक्रम तय गरिएको हो । 

कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डसहित नेताहरू नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, देवेन्द्र पौडेललगायतका नेताहरू सहभागी छन् । अध्यक्ष प्रचण्डले सो क्रममा नेता कार्यकर्तालाई वैचारिक राजनीतिक प्रशिक्षण दिने बताइएको छ ।   यसअघि माओवादीले बागमती, प्रदेश १, कर्णाली र  सुदूरपश्चिममा प्रशिक्षण दिइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप