बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

विनोद चौधरीको आत्मकथा मंगोलियन भाषामा

बुधबार, ०२ चैत २०७८, १४ : ४१
बुधबार, ०२ चैत २०७८

चौधरी ग्रुपका अध्यक्ष एवं उद्योगपति विनोद चौधरीको आत्मकथा अंग्रेजी संस्करण ‘मेकिङ्ग इट बिग’ मंगोलियन भाषामा पनि प्रकाशित भएको छ । यसअघि चौधरीको आत्मकथा नेपाली, अंग्रेजी, हिन्दी, सर्वियन, रसियन भाषामा प्रकाशित भइसकेको छ ।

नेपालमा वेस्ट सेलर रहेको चौधरीको आत्मकथा अंग्रेजी भाषाका पाठकले पनि निकै मन पराएको बताइएको छ । विश्वब्यापी पाठकका लागि अमेजनमा समेत यो पुस्तक उपलब्ध रहेको छ । नेपाली पाठकका लागि देशभरका अधिकांश पुस्तक पसलमा यो पुस्तक उपलब्ध रहेको छ भने किताब यात्रामार्फत अनलाईन अर्डर गर्न सकिने व्यवस्था छ ।

  
मंगोलियन भाषाको पुस्तक मंगलबार एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ । राजनीतिक र आर्थिक रुपमा पिछडिएको मुलुकका रुपमा चिनिएको नेपालमा जन्मिएर विश्वब्यापी व्यवसाय विस्तार गर्दै फोब्र्ससम्मको यात्रा तय गरेका चौधरीको सफलताको कथालाई उत्सुकताका साथ पढिएको छ । मंगोलियन भाषाका पाठकहरूका लागि आफ्नो आत्मकथा सार्वजनिक गर्न पाएकोमा लेखक चौधरीले खुसी व्यक्त गरेका छन् ।  

मंगोलियन भाषाको पुस्तक सार्वजनिक गर्दै चौधरीले कथा वा विषयवस्तु जेसुकै भएपनि आम पाठकसम्म नपुगेसम्म त्यसको अर्थ नहुने भन्दै विद्यार्थी, नीतिनिर्माता, प्राध्यापक, सार्वजनिक पुस्तकालय र विश्वविद्यालयसम्म आम रूपमा पुस्तक सहज उपलब्ध गराउन राम्रो वितरण सञ्जाल तयार गरेकोमा मंगोलियन प्रकाशकलाई धन्यवाद दिए । चौधरीले निकट भविष्यमा मंगोलिन पाठकहरूसँग प्रत्यक्ष उपस्थित भई अन्र्तक्रिया गर्ने आफ्नो चाहना पनि व्यक्त गरेका छन् । 
चौधरी नेपाली कांग्रेसको केन्द्रीय सदस्यका रुपमा पछिल्लो समय राजनीतिमा सक्रिय छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप