आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

केपी ओली प्रतिक्रान्तिका खलनायक भए : प्रचण्ड

बुधबार, ०२ चैत २०७८, ०९ : ००
बुधबार, ०२ चैत २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिक्रान्तिको खलनायक भएको बताएका छन् । बलियो कम्युनिस्ट पार्टी बनाउन आफूहरुले एमाले र माओवादी केन्द्र एकीकृत भएर नेकपा बनेपछि ओलीको कार्यशैलीले एकता टिक्न नसकेको प्रचण्डको भनाइ छ । 

बुधबार काठमाडौंमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षणमा प्रचण्डले पार्टी विभाजित हुनु दुर्भाग्य भएको बताए । ‘पार्टी एकता प्रक्रियाले पूर्णता पाउँदा नपाउँदै पार्टी लिडरसिपमा, जसलाई हामीले नायक बनाउन सकिएला कि भनेर केपी ओलीलाई प्रधानमन्त्री बनाएका थियौँ । उनी नै प्रतिक्रान्तिका खलनायक भए’ प्रचण्डले भने ।  यो पार्टीका लागि दुर्घटना र चिन्ताको विषय भएको पनि प्रचण्डले बताए । 

समाजवाद निर्माण गर्ने नेपाली जनताको सपनामा ओलीको चरित्रका कारण चकनाचुर भएको प्रचण्डको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप