सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आयोगले खोल्यो साना दलले आफ्नै चुनाव चिन्ह पाउने बाटो

बुधबार, ०२ चैत २०७८, २३ : ०५
बुधबार, ०२ चैत २०७८

निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता नपाएका साना दलले आगामी चुनावमा आफ्नो दलको चिन्ह पाउने बाटो खोलेको छ । बुधबार आयोगमा बसेको बैठकले चुनाव चिन्ह दिने प्रयोजनका लागि ती दलहरूको कुन-कुन जिल्लाका संगठनको कस्तो अवस्था छ, त्यसको विवरण माग्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी दिए । 

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ मा यसअघि भएको चुनावमा बाहेक आगामी चुनावहरूमा राष्ट्रिय मान्यता नपाएको दलले आफ्नो दलको चिन्ह नपाउने व्यवस्था रहेको थियो । राष्ट्रिय मान्यता पाएका ६ दलले मात्र चुनावमा जाँदा आफ्नो दलको चिन्ह पाउने र अन्य दलले स्वतन्त्रको हैसियतले चिन्ह पाउने भएपछि ती दलहरुले विरोधका कार्यक्रमहरु गर्दै आएका थिए । 

७३ दलहरूलाई आगामी चैत ६ गतेभित्र विवरण दिन आयोगले समय निर्धारण गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप