आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दैलेख एमाले अधिवेशन : ३०० मत गन्दा रविन्द्रराज शर्मा अगाडि

बुधबार, ०२ चैत २०७८, २० : ५७
बुधबार, ०२ चैत २०७८

नेकपा एमाले दैलेखको नेतृत्व चयनका लागि मतगणना जारी छ । ७२१ जम्मा मताधिकार रहेको दैलेखमा ६८४ खसेको थियो । खसेका मतमध्ये अहिलेसम्म ३०० मत गणना भएको निर्वाचन अधिकृत हिमालयलङ् शाहले रातोपाटीलाई जानकारी दिए ।

 गणना भएका मतका आधारमा रविन्द्रराज शर्मा अगाडि छन् । शर्माले  १८६ मत ल्याउँदा उनका प्रत्यासी सुर्यबहादुर शाहीले १११ मत ल्याएका छन् । शाही भन्दा शर्मा ७५ मत अगाडि छन् । यस्तै उपाध्यक्षमा प्रेमबहादुर बुढा अगाडि छन् । बुढाले १६६ मत ल्याउँदा उनका प्रत्यासी टोपबहादुर विसीले ८८ मत ल्याएका छन् ।  

सचिवमा युवा नेता रुद्र शाहीको १२९ मत रहेको छ भने उनका प्रत्यासी तिलक प्रसाद रिजालको रिजाल १६६ मत रहेको निर्वाचन अधिकृत शाहले जानकारी दिए । अपरान्ह चार बजेदेखि सुरु भएको मतगणना साँझ १० बजेसम्म सकिने उनको भनाइ छ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप