मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

होलीमा रङ खेलेपछि साँच्चै लाग्छ नशा ?

बिहीबार, ०३ चैत २०७८, १० : ३३
बिहीबार, ०३ चैत २०७८

आज होली हो ।  यसपालिको होली चैत ३ गते बिहिबार परेको छ । होलीको दिन बिहानदेखि नै धेरैको मन उत्साहित हुन्छ । धेरैले होलीको दिन असाध्यै भोक लाग्ने र रङ खेलेपछि बेस्सरी भोक लाग्ने बताउँछन् । कतिको मनमा यस्तो प्रश्न पनि आउँदो हो तर रङको नशा भनेर धेरैले यसलाई गफैमा सिमित गरिदिन्छिन् । रङको नशा के हो त ? यस्तो पनि हुन्छ र ? यसबारे भारतकी फिजिशियन डाक्टर अञ्जु मलिकले बताएकी छिन् ।

रङ खेलेपछि किन लाग्छ नशा ?

भारतकी डाक्टर अञ्जुका अनुसार रङमा असाध्यै धेरै केमिकल पाइन्छन् । यी केमिकल्समा लेड, मरकरी र क्याडमियमजस्ता हेभी मेटल हुन्छन् जसले हरीरको बाहिरी र भित्री हिस्सालाई क्षती पुर्याउँछ । रङ खेल्नेबेला मुख, नाक, कान र छालाको छिद्रमार्फत् यी मेटल्सका कण शरीरभित्र प्रवेश गर्छन् । यसका कारण टाउकोमा भारीपन महसुस हुन्छ । भोक बढी लाग्छ र निद्रा बढी लाग्छ ।

त्यसैकारण होली खेल्नका लागि जतिसकदो प्राकृतिक चिजको प्रयोग गर्न डा. अञ्जु मलिक सुझाउँछिन् ।

मिलावट रङ स्वास्थ्यका लागि कति खतरनाक ?

– छाला चिलाउने वा जलन महसुस हुनसक्छ ।

– टाउको दुख्ने वा टाउको भारी महसुस हुनसक्छ ।

– मिलावट रङका कारण फोक्सोमा एलर्जी हुनसक्छ ।

– यी रङको असर मृगौला र फोक्सोमा पनि पर्नसक्छ ।

– केमिकल्सयुक्त रङका कारण क्यान्सर हुने आशंका पनि रहन्छ ।

कसरी खेल्ने त होली ?

प्राकृतिक रङको प्रयोग गर्नुहोस् । हर्बल र अर्गानिक रङको होलीले खुसी दिनुका साथै इको फ्रेन्डली पनि हुन्छन् । यो स्वास्थ्य र छालाका लागि राम्रो हुनुका साथै प्रकृतिका लागि पनि राम्रो हुन्छ । प्राकृतिक रङ बनाउन चाहनुहुन्छ भने पलाँसको फूललाई उमालेर त्यसको पानी होली खेल्नका लागि प्रयोग गर्न सक्नुहुन्छ । चुकन्दरलाई उमालेर त्यसको पानीलाई पनि रङको रुपमा प्रयोग गर्न सकिन्छ । मेहेन्दी पाउडरले हरियो रङ बनाउनुहोस् वा बेसार, बेसन र चन्दन मिसाएर छालालाई हानी नगर्ने रङ बनाउन सक्नुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप