आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फेरि बढ्यो सुनको मूल्य

बिहीबार, ०३ चैत २०७८, ११ : ३०
बिहीबार, ०३ चैत २०७८

सुनको मूल्य फेरि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १२ रुपैयाँले घटेर प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार पुनः ५०० रुपैयाँले बढ्दै ९९ हजार ८०० रुपैयाँ पुगेको हो । 

यस्तै, तेजाबी सुनको मूल्य समेत आज ५०० रुपैयाँले नै बढ्दै प्रतितोला ९९ हजार ३०० रुपैयाँमा पुगेको छ । यता, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढ्दै आज एक हजार ३९० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भएको थियाे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप