मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बालाजुमा दुर्घटना गराएर भागेका बस चालक पोखराबाट पक्राउ

बिहीबार, ०३ चैत २०७८, ११ : ४९
बिहीबार, ०३ चैत २०७८

काठमाडौंको बालाजुस्थित गंगाहल नजिकै दुर्घटना गराएर भागेका बस चालकलाई प्रहरीले कास्कीको पोखराबाट पक्राउ गरेको छ । कास्कीको रुपा गाउँपालिका–४ घर भएका राजकुमार वंशीलाई जिप्रका कास्कीसँग समन्वय गरेर पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश राज मैनालीले रातोपाटीलाई बताए । 

फागुन ३० मा वंशीले चलाएको ना.५ख ३०९६ नम्बरको बसले ठक्कर दिँदा गोरखा घर भएका ५८ वर्षीय भिम प्रसाद रेग्मीको मृत्यु भएको थियो । बिहान ५ बजे पैदल हिँडेका रेग्मीलाई बसले ठक्कर दिएको थियो । उपचारको क्रममा रेग्मीको अन्नपुर्ण न्यूरो अस्पतालमा मृत्यु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप