आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कमेडी विषयमा बन्यो ‘सर्खारको सर’

बिहीबार, ०३ चैत २०७८, १२ : ०७
बिहीबार, ०३ चैत २०७८

कमेडी टेलिसिरियल ‘सर्खारको सर’ निर्माण भएको छ । सेलिब्रेटी नेपाल र देवांशी इन्टरटेनमेन्टको ब्यानरमा सिरियल निर्माण भएको हो । सिरियलका निर्देशक बिनय पौडेल रहेका छन् । राजनीतिक विकृति विसंगतिसँगै नेपाली समाजमा घटेका यथार्थ घटना र गाउँ समाजमा परेका समस्या उजागर गर्ने उदेश्यले सिरियल निर्माण भएको हो । सिरियलमा कलाकार दीपक आचार्य, रविन्द्र झा र सिपी पुडासैनीको मुख्य भूमिका रहेको छ ।

रघुनाथ सापकोटा र लीला केसीको निर्माण रहेको सिरियलमा दीपक, रविन्द्र, सीपीको अलवा लीला केसी, जगदीश्वर अधिकारी, प्रतिषा रिजाल, राजु कट्टेल, सिजन तिवारी,मरिना गुरुङ, सुरज अधिकारी लगायतका कलाकारको अभिनय छ ।

जीवन पराजुलीको छायाङ्कन, रोहन जिरेलको सम्पादन रहेको सिरियलका सह निर्माता नवराज भण्डारी हुन् । सिरियल छिट्टै टेलिभिजनमार्फत प्रसारणमा आउने निर्माता रघुनाथ सापकोटाले बताए । सिरियल ‘सर्खारको सर’ को डिजिटल पार्टनर डीएआर मुभिज रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप