मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चोरीको आरोपित साह कारागार चलान

बिहीबार, ०३ चैत २०७८, १८ : १७
बिहीबार, ०३ चैत २०७८

चोरी गरेको आरोपमा फरार रहेको एक जना युवकलाई बिहीबार पक्राउ गरी कारागार चलान गरेको छ । राजविराज ६ का २५ वर्षीया श्यामबाबु साहलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले साहको घरबाटै पक्राउ गरी ३० हजार जरिबाना तिराई कारागार चलान गरेको हो।

राजविराज नगरपालिका(७ बस्ने शिव नारायण साहको जाहेरीको आधारमा जिल्ला अदालत सप्तरीले १५ जेठ २०७६ मा साहले ३० हजार जरिबाना र एक महिना चार दिनको कैद सजाय भोग्नुपर्ने फैसला गरेको थियो । फैसलापछि प्रतिवादी फरार रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप