सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अपडेटः मनहरी बस दुर्घटनाका मृतकको सनाखत, घाइतेको संख्या १५ पुग्यो

शुक्रबार, ०४ चैत २०७८, ११ : ५७
शुक्रबार, ०४ चैत २०७८

मकवानपुरको मनहरीमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरुको पहिचान खुलेको छ भने घाइते हुनेको संख्या १५ पुगेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नंबर–६ सुनाचुरी भुल चोकमा शुक्रबार बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा ४ ख ४४५४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भइ पल्टिदा दुर्घटना भएको थियो ।

दुर्घटनामा २ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने घाइतेको संख्या १५ पुगेको छ । दुर्घटनामा मृत्यु हुनेमा बसका सहचालक नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर–४ घर भएका २२ वर्षीय सुवास श्रेष्ठ र बसमा सवार सोही ठाउँका २९ वर्षीय शम्भु दराई रहेको इलाका प्रहरी कार्यलय मनहरीका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाहरुको उपचारको लागि चितवन पठाईएको उनले बताए । घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको उनको भनाई छ । उनले बसमा कति यात्रु थिए भन्ने एकिन भइनसकेको उनले बताए ।

प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरीरहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप