बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कविता : खबरदार

शनिबार, ०५ चैत २०७८, ०६ : २८
शनिबार, ०५ चैत २०७८

आऊ समाऊ मेरा हातहरू
सुम्सुयाइदेऊ मेरो केशराशी 
बेरिदेऊ मलाई तिम्रो अङ्गालोमा 
यदि चाहन्छौ नै भने 
निस्फिक्री छोइदेऊ तिम्रो ओठले मेरो ओठलाई
म त बैँशले पूरापूर  मात्तिएकी छु यतिबेला 
चुपचाप सम्हालिदेऊ मेरो जवानी ।

के सोचिरहेछौ तिमी 
प्रवाह नगर–
आफ्नो उमेर 
आफ्नो रूप
आफ्नो क्षेत्र 
आफ्नो उचाई, मोटाई 
केहीको पनि प्रवाह नगरी 
यथाशीघ्र आऊ  
र मेटाइदेऊ मेरो जवानीको प्यास ।

हटाइदेऊ मनभित्रको डर 
झिकिदेऊ मानसपटलको भय
फालिदेऊ मुटुभित्रको त्रास
र, चुर्लुम्मै डुबिदेऊ मेरो यौवनको तलाउमा ।

तर खबरदार 
सम्हाल्नुअघि मेरो जवानी 
मेटाउनुअघि मेरो जवानीको प्यास
र डुब्नुअघि मेरो यौवनको तलाउमा 
नछुटाउनु पढ्नलाई 
कानुनको धारा, उपधारा र अनुसूचीहरू
किनभने म भर्खर सोह्र वर्ष पूरा भएर 
सत्र लाग्दै गरेकी एक किशोरी 
उर्फ एक नाबालिग हुँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप