मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

२०८ वर्ष पुरानो ‘समय फल्चा पाटी’को पुनर्निर्माण सम्पन्न, तस्बिरमा हेर्नुहोस्

शनिबार, ०५ चैत २०७८, १३ : ४०
शनिबार, ०५ चैत २०७८

करिब २०८ वर्ष पुरानो ऐतिहासिक सम्पदा ‘समय फल्चा पाटी’को पुनर्निर्माण गरिएको छ । विभिन्न मुद्दा मामिलाका कारण पुनर्निर्माणको काम अघि बढाउन नसकिएको ललितपुरको पुलचोकमा रहेको सो पार्टीको शनिबार बिहान उद्घाटन गरिएको हो । 

२०६५ सालमा सर्वोच्च अदालतले पुनर्निर्माणको काम गर्न आदेश दिँदा पनि बन्न नसकेको सो सम्पदाको पुनर्निर्माणको हाल आएर सम्पन्न गर्न पाएकोमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले खुसी व्यक्त गरे । उनले भने, ‘२०८ वर्ष पुरानो समय फल्चा पाटी ज्यादै महत्त्वको रूपमा रहेको पाटी हो । तर अहिले यो पाताल भएर बनाउन नसकिरहेको अवस्था थियो । यसले गर्दा खेरी ललितपुर, पुलचोकका नगरबासीलाई निकै आघात भएको थियो । र, सम्पदाप्रेमीहरु पनि चिन्तित थिए । तर अव कुनै पनि चिज बन्न समय आउनुपर्दो रहेछ । तसर्थ समय आइपुग्यो । हामीले बनायौँ । र, आज सम्पन्न भयो । यो भन्दा अगाडि यो बनाउने सन्दर्भमा २०६५ सालमा सर्वोच्चले अन्तरिम फैसला गरेको थियो । त्यसमा बनाउनपर्छ, बनाउनू भन्ने थियो । तर विभिन्न कारणले त्यो सम्भव भएको थिएन । अहिले गत चैत्र २ गते उच्च अदालत पाटनमा परेको मुद्दाको पनि फैसला भएपछि यसको उद्घाटन गर्न सम्भव भएको हो ।’

उनले सम्पदाप्रेमीहरुले समेत चिन्ता व्यक्त गरेको सो सम्पदा पुनर्निर्माण गर्न पाउँदा पुलचोकका नगरबासी समेत हर्षित भएको बताए । सम्पदाको संरक्षण गर्ने विषयलाई मुद्दा मामिला बनाइएकाले यसको पुनर्निर्माणको काममा ढिलाइ हुन गएको ललितपुर महानगरपालिकाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप