नापोलीको पुनरागमन जित
भिक्टर ओसिम्हेनको दुई गोलको सहयोगमा नापोलीले इटालियन सिरी ए फुटबलमा पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा १–० को नतिजालाई उल्टाएर नापोलीले उडीनेजेलाई २–१ गोल अन्तरले हराएको हो ।
नापोलीलाई जित दिलाउन भिक्टरले दुई गोल गरे । उता उडिनेसेका लागि जेरार्ड डेउलोफेउले एक गोल गरे । खेलको २२ औं मिनेटमा जेरार्डले गोल गर्दै उडीनेजेलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलले पछि परेको नापोलीले दोस्रो हाफमा दुई गोल गरेर नतिजा आफ्नो पक्षमा पार्यो ।
५२ औं मिनेटमा भिक्टरले नापोलीका लागि बराबरी गोल फर्काए । ६३औं मिनेटमा भिक्टरले व्यक्तिगत दोस्रो गोल गर्दै नापोलीलाई २–१ को जित दिलाए ।
उडिनेजे ८२औं मिनेटमा १० खेलाडीमा सेमेटिएको थियो । पाब्लो मारीले रातो कार्ड पाएर मैदान बाहिरिए ।
जितसँगै नापोलीले शीर्ष स्थानको एसी मिलानभन्दा ३ अंकले पछि छ । लिगमा ३० खेल खेलेको नापोलीको ६३ अंक छ । शीर्ष स्थानको मिलानको ६६ अंक छ ।
पराजित उडीनेजे ३० अंक जोडेर १४ औं स्थानमा छ ।