सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पर्सामा टेम्पो दुर्घटना, चालकको मृत्यु

आइतबार, ०६ चैत २०७८, १० : ४०
आइतबार, ०६ चैत २०७८

पर्साको ठोरी गाउँपालिका–३ मा आइतबार बिहान टेम्पो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । ​टेम्पोमा सवार अन्य २ जना सामान्य घाइते भएका छन् । पर्साको ठोरी गाँउपालिका–४ का अन्दाजी ३५ बर्षीय वीर बहादुर विश्वकर्माको मृत्यु भएको हो । 

घाइते भएका ठोरी गाउँपालिका–३ का खेल बहादुर विश्वकर्मा र बिजय सुनारलाई उपचारको लागी स्थानीय मेडिकल पठाइएको छ । 

रामनगरबाट विजयबस्ती तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ह ६२८ नम्बरको टेम्पो आइतबार बिहान साढे ३ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप